काठमार्डौं, १० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब चुनावको तयारीमा जुट्ने बताउनुभएको छ । पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘हामी चुनावको तयारीतर्फ जाने छौं । एकल बहुमत ल्याउने छौं ।’एमालेका लागि नभई देशका लागि एमालेले एकल बहुमत ल्याउन जरुरी रहेको उहाको दाबी छ ।
संसद् पुनःस्थापना गरेर सरकारबाट गलत ढंगबाट बाहिरिनु परेको भन्दै त्यसलाई सच्याउनका लागि बहुमत ल्याउनुपर्ने ओलीको भनाइ थियो । जनमतबाट एकल बहुमत ल्याउनुपर्ने छ ।
यो देशका लागि हो, एमालेका लागि होइन । देश बनाउन, सार्वभौम सत्ताको रक्षा गर्नका लागि, लोकतन्त्र फेरि गुम्न नपाओस् भनेर लोकतन्त्रको रक्षा, संविधानको रक्षा र कार्यान्वयनका लागि एकल बहुमत ल्याउनुपर्छ, ओलीले भन्नुभयो ुसंविधानको गलत व्याख्यालाई जनादेशबाट सच्याएर अगाडि बढ्नकालागि एमालेले बहुमत ल्याउनुपर्छ । प्रतिनिधिसभा विघटन गरेपछि जनतामा जाउँभन्दा अन्य राजनीतिक दलहरूले नमानेको पनि ओलीको भनाइ थियो । उनले परमादेशको बाटो नभई जनादेशको बाटोमा जाउँ भन्दा अन्य राजनीतिक दलले नमानेको उल्लेख गरे ।गलत बाटो नजाउँ, अध्यादेश परमादेशको बाटो नजाउँ, परमादेशबाट सरकार नबनाइ बरु जनताका बीचमा जाउँ भनेर आग्रह गरेका थियौ, ओलीले भन्नुभयो , जनताका बीचमा जान अरु राजनीतिक शक्तिहरू त्रसित भए । जनताका बीचमा जाने प्रयासलाई रोकियो ।













प्रतिक्रिया दिनुहोस्