चितवन, मंसिर ११ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनबाट आफू मुलुकको पहिलो शक्तिको रुपमा उदाएर पुनः सत्तामा आउने प्रष्ट सन्देश दिएको छ । सर्वाेच्च अदालतको परमादेशबाट सत्ताच्युत हुनुपरेको पीडा र पार्टी विभाजनको दोब्बर चोट पुरिएको सन्देश दिँदै एमालेले १०औं राष्ट्रिय महाधिवेशनलाई शक्ति प्रदर्शनको उत्सव बनाएको हो।
चितवनको नारायणी नदीकिनार शुक्रबार झण्डै ८ लाख मानवसागरमय उतारेर एमालेले अवको चुनावमा जनादेशबाट परमादेशलार्ई खारेज गर्दै पुनः सत्तामा पुग्ने संकल्पसमेत लिएको छ । नेपालको इतिहासमै यति धेरै मानवसागर उतारेर महाधिवेशन उद्घाटन गरी एमालेले सवै मिलेर आए पनि एक्लै बिजय यात्रा तय गर्ने प्रमाण पनि दिएको छ ।
नदी वारि–पारि र पुलबाट पनि हेर्न मिल्ने गरी भव्य मञ्च बनाइएको थियो। ठाउँठाउँमा राखिएका ठूलाठूला डिस्प्ले स्क्रिनका सहायताले सर्वसाधारणले नेताका मन्तव्य नियालेका थिए। मञ्चलाई देखिने ठाउँसम्मै टेकिनसक्नु भीड थियो। देशका विभिन्न ठाउँबाट लाखौं जनसमुदाय चितवन आएका थिए। त्यही भव्यताबीच अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्नुभयो। अध्यक्ष ओलीले रिमोट थिचेर झन्डोलोत्तन गर्नुभयो– पार्टीको झन्डा, राष्ट्रिय झन्डा र सूर्य चिन्हको झन्डा। जहाँ लखौं जनताले एकैपटक एकै स्वरमा भने केपी बा आइलभ यू ।
यस महाधिवेशनलाई एमालेले भव्य मात्र होइन, निकै व्यवस्थित बनाउने प्रयास गरेको देखिएको छ। महाधिवेशनस्थलमा हवाईजहाजबाट पुष्पवृष्टि गराइएयो । समारोहस्थलमा विभिन्न जातजातिका झाँकी एवं नाचसहित सर्वसाधारण पुगेका थिए।

नदीको पूर्व उद्घाटनस्थलबाट पुलसम्म सहभागी खचाखच थिए। नारायणी किनार भन्दा चितवनको नारायणघाट आसपासका १० किलोमिटर सडक पनि भरिएका थिए । भीडभाडका कारण दिनभर यातायात र आवागमन ठप्प थियो। साथै, एमालेले महाधिवेशनका अवसरमा चितवन र नवलपुरमा विशाल जनप्रदर्शन गरेको छ। महाधिवेशनको बन्द शत्रमै एमालेले बृत्तचित्र प्रदर्शन गरेको छ । त्यसमा अध्यक्ष ओलीको भिजन र एमाले सरकारमा आउनै पर्ने कारणको चर्चा गरिएको छ ।
चुनाव केन्द्रित महाधिवेशन
एमालेले यो महाधिवेशनलाई चुनावमा केन्द्रित गरेको झल्को दिएको छ। नेताहरूले अब निर्वाचनमा बहुमतसहित पुनः सत्तामा फर्किने उदघोष गरेका छन्। अध्यक्ष ओलीले महाधिवेशन उद्घाटनसत्रलाई सम्बोधन गर्दै निर्वाचन केन्द्रित हुन निर्देशन दिनुभयो। आगामी तीनै तहको निर्वाचनमा लाग्न कार्यकर्तालाई आह्वान गर्दै अध्यक्ष ओलीले अब आमनिर्वाचनमा बहुमत ल्याएर पुनः सत्तामा फर्किई विकास र समृद्धिका बाँकी काम पूरा गर्ने बताउनु भयो ।



















प्रतिक्रिया दिनुहोस्