जनता टाइम्स

१२ असार २०७६, बिहीबार १९:१५

इपिएसको नतिजा शुक्रबार सार्वजनिक हुदै


काठमाडौं, असार १२

कोरियाली भाषा परीक्षाको नतिजा शुक्रबार सार्वजनिक हुने भएको छ । रोजगार अनुमति प्रणाली इपिएस शाखाले शुक्रबार नतिजा सार्वजनिक गर्ने तयारी भईरहेको जानकारी दिएको छ ।

गत जेठ २५ र २६ गते सम्पन्न भएको कोरियाली भाषा परीक्षामा ९२ हजार ३ सय ५६ जनाले आवेदन दिएका थिए । आवेदन दिने मध्ये ८४ हजार २ सय १५ जनाले मात्र भाषा परीक्षा दिएका छन्। यसमध्ये ८ हजार १ सय ४१ जना अनुपस्थित भए भने अमर्यादित काम गर्ने १ सय ५६ जनाको परीक्षा रद्द गरिएको थियो। दक्षिण कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुपालन क्षेत्रमा गरी १० हजार ५० नेपाली कामदार लैजाने निर्णय गरेको छ।

कोरियाले सन् २०१९ का लागि उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजाने उल्लेख गरिएको इपिएस कोरिया शाखाका सूचना अधिकारी सोभाकर भण्डारीले जानकारी दिनुभयो । यसवर्षको परीक्षामा १० हजार परीक्षार्थी पास हुने अनुमान शाखाले गरेको छ। अघिल्लो वर्षको कोरियाली भाषा परीक्षामा ७४ हजार ८ सय ६६ सहभागी परीक्षार्थी मध्ये ७ हजार ९ सय ९६ जना परीक्षार्थी उत्तीर्ण भएका थिए ।

भाषा परीक्षाको नतिजाwww.epsnepal.gov.np र वदेशिक रोजगार विभागको वेभसाइटwww.dofe.gov.np मार्फत पनि हेर्न सकिनेछ।