जनता टाइम्स

१२ असार २०७६, बिहीबार २१:१५

क्यावात ! महेश बस्नेत : जहाँ बिकाशको काम, त्यही स्थलगत निरीक्षण अनि जनतासँग सम्वाद


भक्तपुर, असार १२

केही बर्ष अघिसम्म भक्तपुरमा बिकाशका काम सकिने बेलामा मात्रै सुरु हुने गथ्र्यो । अहिले भने ठीक बिपरित अवस्था देखिएको छ । पछिल्लो समय भक्तपुरमा बिकाश आयोजनाको काम फटाफट हुन थालेको छ । गुणस्तरमा पनि कुनै संझौता हुन पाएको छैन । यी सवै काम नेकपाका युवा नेता, पूर्वमन्त्री तथा भक्तपुर–२ का सांस्द महेश बस्नेतको कारण संभव भएको हो ।

विकास र समृद्धिको ढोकालाई प्रभावकारी र व्यवस्थित ढंगले तिव्र गतिका साथ अघि बढाउन एक सफल युवा नेताको रुपमा जनतामाझ परिचित बस्नेत पछिल्लो समय जहाँ विकासका काम, त्यहाँ आफै निरीक्षणमा पुग्ने गरेपछि अवस्था फेरिएको हो । यसै क्रममा बुधवार मात्रै सांसद बस्नेतले भक्तपुरका ९ वटा आयोजनामा छड्के निरीक्षण गर्नुभयो । बस्नेत नेतृत्वको टोलीले सूर्यबिनायक नगरपालिका वडा नं. ५ र ६ कटुञ्जेमा निर्माणधीण आयोजनाहरुको निरीक्षण गरेको हो । निरीक्षणका क्रममा सांसद बस्नेतले गुणस्तरीय कामसहित तोकिएको समयभित्र आयोजनाको काम सम्पन्न हुनैपर्ने निर्देशन दिनुभयो ।

जनताको समस्या बुझ्न टोलटोलमा पुग्दै आउनु भएका सांसद बस्नेतले आयोजना निरीक्षणको क्रममा काममा कुनै कमी कमजोरी गर्नु नहुने बताउँदै विकासको काम दिगो र प्रभावकारी ढंगले गर्न निर्देशन दिनुभयो । उहाँले काम भइरहेका आयोजनाहरुमा भएका गल्ती र कमजोरीलाई सुधार गर्न समेत निर्देशन दिँदै आगामी दिनमा कमजारी नगर्न सचेत गराउनुभयो ।

यी हुन एकै दिन अनुगमन भएका आयोजना

१. सूर्यविनायक नगरपालिका भन्दा मुनि बाईजुटोलमा भएको ढलान,
२. सूर्यनगर तजटोलमा क्षेत्र विकास कोषबाट भएको कालोपत्रे,
३. प्रधानमन्त्री रोजगार कार्यक्रमबाट निर्माण भइरहेको सुवर्ण चोकबाट तिनधारा जाने सडक,
४. चुनदेवी गणेश हिल टोलमा भएको कालोपत्र र ढलान,
५. कटुञ्जे–६ चुनदेवीबाट सुवर्णेश्वर स्कुल जाने सडक विस्तार,
६. कटुञ्जे–५ वडा कार्यालय बाट कोलडाँडा जाने सडक विस्तार,
७. कटुञ्जे–५ एकता मार्गको बाटो मा भएको कालोपत्र,
८. कटुञ्जे–५ श्रृजना नगरबाट नगरपालिका जाने सडक विस्तार र स्तरोन्नतिको काम,
९. कटुञ्जे–५ सल्लाघारिबाट नगरपालिका जाने सडक विस्तार र स्तरोन्नति ।