जनता टाइम्स

११ मंसिर २०७८, शनिबार २०:४७

मुकुन्देले गरे इन्दिरासँग ‘सरप्राइज’ इन्गेजमेन्ट,


काठमाडौं, ११ मंसिर । सामाजिक सञ्जालमा चर्चित रहेका मुकुन्द घिमिरे अर्थात् मुकुन्देले इन्गेजमेन्ट गर्नुभएको छ । उहाँले शनिवार झापाकी इन्दिरा सङ्ग्रौलासँग औँठी र फूलमाला साटासाट गर्नुभएको हो । कुनै बेला रत्नपार्कको पिपलको रुखमा चढेर भाषण गरेर चर्चामा आउनु भएका उहाँ अचेल सामाजिक सञ्जालमा सक्रिय र परिचित हुनुहुन्छ । आम मानिस भन्दा आफू फरक व्यक्ति रहेको बताउने मुकुन्देले समृद्ध नेपाल बनाउने परिकल्पनाहरू सार्वजनिक गर्दै आउनुभएको छ । उहाँले नेपालको पहाडमा रेल चलाउने, तराईमा हेलिकोप्टरबाट मल बिउ छर्ने समृद्ध नेपाल मुकुन्दल्याण्ड बनाउने बिचार प्रकट गर्दै आउनुभएको छ। पछिल्ला केही महिनायता उनले मङ्सिरमा बिहे गर्ने भन्दै क्लब हाउस, फेसबुक लगायतका सामाजिक सञ्जाल मार्फत केटी खोजिरहेको बताउनुभएको थियो । मुकुन्द इन्गेजमेन्टको तस्बिर फेसबुकमार्फत सार्वजनिक गरे पनि बिहेको मितिबारे सार्वजनिक गर्नुभएको छैन ।