जनता टाइम्स

१४ मंसिर २०७८, मंगलवार १२:४६

भिजन दूरगामी भएको भन्दै रेखा थापाले भन्नुभयो : मलाई केपी ओली मन पर्नुहुन्छ


काठमाडौं, १३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ तथा अभिनेत्री रेखा थापाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भिजन प्रति सहमति जनाउनुभएको छ । अभिनेतृ थापाले ओलीको भिजन दूरगामी भएको बताउनुभएको छ । उमेर बढी भए पनि ओलीको सोच र दिमाग युवा पुस्ताको झै भएको बताउनुभएको हो ।

उहाँ एमालेको १०औं महाधिवेशनमा ओलीले अवलम्बन गरेको नीति पनि आफूलाई मन परेको बताउनुभयो । ‘म केपी ओलीको पार्टीको मान्छे होइन । उहाँसँग मेरो सिद्धान्त मिल्दैन । तर, उहाँको भिजन मनपर्छ । त्यसैले मलाई ओली मन पर्ने नेताभित्र पर्नुहुन्छ,’ उहाँले भन्नुभयो ।