जनता टाइम्स

१३ असार २०७६, शुक्रबार १२:१७

सन्नी लियोनीको ट्रोल बनाउनेलाई यस्तो जवाफ


काठमाडौं, असार १३

अरबाज खानको टक सो ‘पिंच’ मा सन्नी लियोनी अतिथि बनेर पुग्नुभएको थियो । उहाँले व्यक्तिगत र व्यावसायिक जीवनबारे कुराकानी गर्नुभएको छ । साथै, उहाँले सामाजिक सञ्जालमा आफ्नो ट्रोल बनाउनेलाई पनि गतिलो जवाफ दिनुभएको छ । उक्त टक सोमा अतिथि कलाकारमाथि बनेका ट्रोलको कमेन्ट पढ्ने गरिन्छ ।

उहाँका लागि एक कमेन्ट पढियो, जसमा लेखिएको थियो, ‘सन्नी लियोनीले बुझेकी थिइन् कि पोर्न ब्यान्ड हुनेवाला छ, यही कारण समयमै आफ्नो करिअरलाई सिफ्ट गरिन् ।’ यसपछि उहाँले भन्नुभयो, ‘सही भने, म दूरदर्शी छु ।’ यसका साथै उहाँले एडल्ट स्टार बन्ने फैसला किन लिएको बताउँदै आफूले त्यो बेलामा सही फैसला गरेको जिकिर गर्नुभयो ।