जनता टाइम्स

१७ मंसिर २०७८, शुक्रबार ०९:००

आज पदबहाली गर्दै एमाले अध्यक्ष ओली


काठमाडौं, मंसिर १७ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालयममा आज पदभार ग्रहण गर्दै हुनुहुन्छ ।

चितवनमा सम्पन्न १० औँ महाअधिवेशनबाट भारीमतका साथ विजयी हुनुभएका अध्यक्ष ओलीले आज माइतीघरस्थित पार्टी केन्द्रीय कार्यालय पार्टी पुगेर पदभार ग्रहण गर्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

केन्द्रीय कार्यालय सचिव तामाङका अनुसार आज दिउसो १ बजे पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको जानकारी दिनुभयो ।

एमालेले नवनिर्वाचित नेताहरुको कार्यविभाजन, स्थायी र पोलिटब्यूरो कमिटी गठनलगायतका काम टुंग्याउन संमिर २४ र २५ गते केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।