जनता टाइम्स

१७ मंसिर २०७८, शुक्रबार १०:४१

कक्षा १२ को नतिजा प्रकाशित


भक्तपुर, मंसिर १७। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । आज बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

परीक्षा नियन्त्रक शर्माका अनुसार प्रकाशित नतिजा करिब एक घण्टापछि अनलाइनमा हेर्न सकिनेछ । कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । बोर्डले केही समयपछि नै अनलाइनमा नतिजा राख्ने जनाएको छ ।