जनता टाइम्स

१७ मंसिर २०७८, शुक्रबार १५:१२

नायिका करिष्मा कक्षा १२ मा उतिर्ण, ग्रामीण विकास पढ्ने रहर


काठमाडौं, मंसिर १७ । नायिका करिश्मा मानन्धर कक्षा १२ उत्तीर्ण उतिर्ण हुनुभएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजामा उहाँ उत्तीर्ण हुनुभएको हो ।

आफू कक्षा १२ उत्तीर्ण भएको करिश्माले न्युज कारखानालाई जानकारी दिनुभयो । ‘म दुईवटा विषयमा ए प्लस ल्याएँर पास भएँ’, न्युज कारखानासँग करिष्माले भन्नुभयो, ‘तर, समग्रमा मेरो २।४१ जीपीए आएको छ ।’ गोदावरीस्थित किटनी कलेजबाट कक्षा १२ उत्तीर्ण गर्नुभएकी करिष्माले अब ग्रामीण विकास विषय लिएर स्नातक अध्ययन गर्ने तयारीमा रहेको बताउनु भयो ।

‘म अब ग्रामीण विकास लिएर पढ्ने इच्छा छ’, उहाँले भन्नुभयो, ‘यही कलेज (किटनी कलेज) मा ग्रामीण विकास छ कि छैन । बुझ्नुपर्नेछ ।’ किटनी कलेजमा ग्रामीण विकास विषय नभएमा उहाँले कलेज परिवर्तन गर्ने जानकारी दिनुभयो । यसैबीच गायिका रचना रिमाल पनि कक्षा १२ उत्तीर्ण हुनुभएको छ ।