जनता टाइम्स

१८ मंसिर २०७८, शनिबार ०८:३१

मौसममा क्रमश: सुधार हुने, आज यी क्षेत्रमा छ हिमपातको सम्भावना


काठमाडौं, मंसिर १८ । पछिल्लो तीन दिनदेखिको प्रतिकूल मौसममा क्रमशस्सुधार हुँदै जाने भएको छ । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव क्रमशस् कमजोर बन्दै गएको यो । यी मौसमी प्रणालीका कारण शुक्रबार साँझ काठमाडौं उपत्यकामा हल्का वर्षा भएको थियो ।

शनिबार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती र गण्डकीको उच्च पहाडी र हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

राति प्रदेश १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।