जनता टाइम्स

१८ मंसिर २०७८, शनिबार १५:२४

ओली निवासमा सधैं कार्यकर्ताको भीड (फोटोफिचर)


भक्तपुर, मंसिर १८ । दशौं राििष्ट्रय महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित भई काठमाडौं फर्किएदेखि अहिलेसम्म नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा नेता कार्यकर्ताको भीड लागेका छन । अध्यक्ष ओलीलाई बधाई दिन नेता कार्यकर्ताहरुको भीड लागेको हो ।

अध्यक्ष ओलीको सचिवालयले नेता कार्यकर्ताको घुईंचो देखेपछि केही दिनसम्मका लागि बिहान १० देखि ११.३० बजेसम्म बधाई तथा शुभकामना दिनका लागि समय छुट्याएको छ । तर नेतादेखि कार्यकर्ता बिहान उज्यालो भएदेखि रातीसम्म निवासमा पुग्ने गरेकोले घुईचो लागेको हो ।