जनता टाइम्स

१८ मंसिर २०७८, शनिबार १८:०४

प्रचण्ड चितवन आएकै दिन माओवादीका प्रभावशाली नेताले रोजे एमाले, कांग्रेसका हस्ती पनि छिरे


रत्ननगर, १८ मंसिर । पूर्वी चितवनको खैरहनीमा नेपाली कांग्रेस र माओवादी केन्द्र परित्याग गरी ३३ जना नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको छ । खैरहनी नगरापालिका–४ मा नेपाली कांग्रेसमा रहेर सक्रिय राजनीति गर्दै आएका हिरालाल गुरुङ, राजकुमार लम्साल र मीरा परिवारसहित १५ जना र माओवादी केन्द्रमा सक्रिय राजनीति गर्दै आएका सन्तबहादुर राना र रामबहादुर रानासहित १८ जना एमालेमा प्रवेश गरेको नगर कमिटी सदस्य विवेक विसुरालले जानकारी दिनुभयो ।

वडा कमिटीले आयोजना गरेको कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा प्रदेश सचिवालय सदस्य जेएन थपलिया र केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष पार्वती रावलले उहाँहरुलाई पार्टी प्रवेश गराउनुभएको थियो । वडा कमिटी अध्यक्ष जगतबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी जिल्ला सचिव प्रकाश खनाल, जिल्ला सदस्य कमल पाठक, एमाले नेता बेद बहादुर अधिकारी लगायतले मन्तव्य राख्नुभएको थियो ।