विराटनगर, मंसिर २० । नेपाली कांग्रेसको प्रदेश १ को सभापतिमा उद्धव थापा विजयी हुनुभएको छ । संस्थापनइतर (पौडेल) पक्षका गुरुराज घिमिरेलाई २ मतले पराजित गर्दै नेता कृष्ण सिटौला पक्षधर थपा सभापतिमा विजयी हुनुभएको हो ।
आज बिहान घोषणा भएको मत परिणाम अनुसार सभापतिमा थापा ८४४ मत प्राप्त गरेर विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी घिमिरेले ८४२ मत प्राप्त गर्नुभएको छ । उपसभापतिमा पनि संस्थापन पक्षकै रमेशजंग रायमाझी ८९० मत र टंक प्रसाद राईले ८४७ मत प्राप्त गरी विजयी हुनुभएको छ । संस्थापनइतरका गोबिन्द प्रसाद ढुंगाना (केदार) ले ७६५ र विश्वनाथ रिजाल (त्रिलोचन) ले ६६९ मत प्राप्त गर्नुभएको छ ।
यस्तै महामन्त्रीमा भुपेन्द्र राई र उमेश थापा विजयी हुनुभएको छ । महामन्त्री थापा भने संस्थापनइतरका हुन । यसैगरी सहमहामन्त्रीमा खड्ग फागो र बिनोदकुमार बस्नेत तथा महिला सहमहामन्त्रीमा प्रमिला गच्छदार विजयी हुनुभएको छ । प्रदेश १ मा जम्मा १ हजार ७५२ मत खसेको थियो ।














प्रतिक्रिया दिनुहोस्