काठमाडौं, २० मंसिर । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलको विवाह दुबै परम्पराअनुसार हुने भएको छ । हिन्दु र क्रिश्चियन दुबै परम्परामा यही डिसेम्बर ९ मा विवाह बन्धनमा बाँधिदैछन् कट्रिना र विक्की । राजस्थानको सवाई माधोपुरको एक भव्य रिसोर्टमा हुने विवाह समारोह भने मंगलबारदेखि नै शुरु हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कट्रिना र विक्कीको विवाह अलग–अलग रीतिरिवाज अनुसार हुनेछ । यी दुईको विवाह शुरुमा हिन्दू परम्पराअनुसार हुनेछ भने त्यसपछि क्रिश्चियन रीतिरिवाज अनुसार हुने बताइएको छ । विक्की हिन्दू धर्मावलम्बी हुन् भने कट्रिना क्रिश्चियन धर्मावलम्बी हुन् । विवाहका लागि अलग–अलग मण्डप समेत तयार पारिएको छ ।
यसअघि पनि थुप्रै बलिउडकर्मीहरुको विवाह दुवै रीतिरिवाज अनुसार भइसकेको छ । बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसले पनि हिन्दू र क्रिश्चियन दुवै परम्परा अनुसार विवाह गरेका थिए । दीपिका पादुकोण र रणवीर सिंहबीच कोंकणी र सिन्धी दुवै परम्परा अनुसार विवाह भएको थियो ।
प्रतिक्रिया दिनुहोस्