जनता टाइम्स

१३ असार २०७६, शुक्रबार १८:२५

तस्विर आफै बोल्छ : कांग्रेस नेतृत्व पैसा सकाउने, नेकपा नेतृत्व कामबाटै जनता फकाउने


कांग्रेस संस्थागत रुपमै प्रधानमन्त्री रोजगार कार्यक्रम असफल पार्ने योजनामा लागेको खुलासा

काठमाडौं, असार १३

माथिका यी दुई ठाउँका तस्विर शैलुङ गाउँपालिका दोलखा र गोरखा नगरपालिका गोरखाका हुन । दुवै तस्विरले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत हाल भइरहेका कामको तथ्य बोलिरहेको छ । शैलुङमा नेकपाका युवा नेता भरत दुलालले नेतृत्व गरेका छन ।

दोलखाको दुर्गम क्षेत्रमा पर्ने शैलुङ गाउँपालिकाको दुधपोखरीमा धमाधम काम भइरहेको छ । त्यहाँ जनताका लागि अति आवश्यक सडक स्तरोन्नती गर्दै ढुंगा बिच्छ्याउने काम भइरहेको छ ।

अर्काे गोरखा नगरपालिका, जहाँ नेपाली कांग्रेसका नेता मेयर छन । त्यहाँ घाँस उखेलेर प्रधानमन्त्री रोजगार कार्यक्रमकै हुर्मत लिइएको छ । संघीय सरकारले सवै स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम अघि बढाएको छ । संघीय सरकारले अघि बढाएको यो कामलाई स्थानीय तहमा निर्वाचित सवैजसो कांग्रेसका प्रमुखले पैसा सकाउने तर काम केही नगर्ने नीति अबलम्बन गरेको गोरखाको यही घटनाबाट पोल खुलेको छ ।

यी दुई घटना प्रतिनिधि पात्रका रुपमा लिइएको हो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले श्रमको सम्मान र काम गर्ने शैलीको बिकाशका लागि बेरोजगार युवा बर्गलाई रोजगारी दिने उदश्यका साथ अघि बढाएको यो कार्यक्रम असफल बनाएर युवाहरुलाई देशप्रति नै घृणा पैदा गर्ने काममा कांग्रेस संस्थागत रुपमै लागेको उदाहरणका रुपमा यी दुई तस्विर काफी छन । नेपाली कांग्रेस संस्थागत रुपमै प्रधानमन्त्री रोजगार कार्यक्रमको बदनाम गर्न लागेको पाइएको छ । कांग्रेसले नेतृत्व गरेको अधिकांश स्थानीय तहमा जनताका लागि काम नगरी बजेट सकाउने धुनमा देखिएपछि यो तथ्य बाहिर आएको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गोरखा नगरपालिकामा रोजगार पाएकाले झार उखेलेर र घाँस काटेर दिन काट्ने गरेपछि कांग्रेस संस्थागत रुपमा आफूले नेतृत्व गरेको स्थानीय तहमा बजेट सकाउने तर काम केही नगरी मुलुकलाई समृद्धिको बाटोमा जानबाट रोक्ने नीतिमा रहेको प्रष्ट पारेको हो ।

गोरखा नगरपालिका ६ बाट रोजगारीका लागि छनोट भएकाले बिगत तीन दिनदेखि दिनभर रानीपोखरी आसपास झार उखेलेर र घाँस काटेर बिताइरहेका छन । उनीहरुजस्तै गोरखा नगरपालिकाभित्र दुई सय ५२ जनाले घाँस काट्ने, झार उखेल्ने, नाला सफा गर्ने काम गरिरहेको रोजगार संयोजक गीता बस्नेतको भनाई छ ।

हेर्नाेस त कांग्रेस नेतृत्वको गोरखा नगरपालिकाको काम

तस्विर सौजन्य : अन्नपुर्ण पोष्ट

‘सकेसम्म प्रभावकारी काम गरौं भनेको हो । तर, सकिएन,’ बस्नेतले भन्नुभएको छ, ‘समय छोटो रह्यो, बजेट सक्नु पर्ने बाध्यता रह्यो। यो अवधिभित्र निर्माणको काम गराउन सकिएन। त्यसैले सरसफाइ र मर्मतसम्भार गर्न लगाइएको हो ।’ रोजगारीका लागि छानिएका सवैले १५ दिनसम्म यस्तै काम गर्ने जानकारी पनि बस्नेतले दिनुभएको छ ।

प्रधानमन्त्री रोजगार कोषले गोरखा नगरपालिकामा सो कामका लागि ४९ लाख रुपैयाँ पठाएको छ । जहाँ कांग्रेसीजन घाँस काटेर रकम दुरुपयोग गरिरहेका छन । दोलखाको शैलुङमा ३ लाख ६६ हजार पठाइएको छ । त्यहाँ भने सडक स्तरोन्नतीको काम भइरहेछ ।