जनता टाइम्स

२१ मंसिर २०७८, मंगलवार ०८:१४

पौडेल समूहमा जुट्यो सभापतिमा साझा उम्मेदवार बनाउने सहमति


काठमाडौं, मंसिर २१ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरूले सभापतिमा साझा उम्मेदवार बनाउने समझदारी गरेका छन् ।

पौडेल निवास बोहराटारमा सोमवार बसेको बैठकमा सभापतिका आकांक्षीमध्येबाट एक जनामात्र उम्मेदवार बनाउने समझदारी भएको हो ।
पौडेल समूहबाट पौडेलसहित, प्रकाशमान सिंह, डा. शेखर कोइराला र डा. शशांक कोइराला सभापतिमा आकांक्षी हुनुहुन्छ ।