जनता टाइम्स

२१ मंसिर २०७८, मंगलवार १६:३७

प्रधानन्यायाधीशले घुस खाएको हामीले देखेका छौं : शम्भु थापा


बरिष्ठ अधिबक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले घुस खाएको आफूहरुले देखेको जिकिर गर्नुभएको छ । महाअभभियोग लगाएर हटाउन मागसहित एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा पुग्नुभएका नेपाल बारका पूर्वअध्यक्ष थापाले ओलीसामू चोलेन्द्रले घुस खाएको आफूहरुले देखेको जिकिर गर्नुभएको हो ।

प्रधानन्यायाधीश हटाउन सर्वाेच्च अदालतमै धर्नादेखि इजलाश बहिष्कारसम्मको आन्दोलन अघि बढाएको बारले केही नलागेपछि राजनीतिक दल गुहार्दै आज ओली निवास बालकोट पुगेको हो । बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको नेतृत्वमा गएको टोलीले एमाले अध्यक्ष ओलीसँग प्रधानन्यायाधीश जवरालाई हटाउनै पर्ने आधार पेश गरेको थियो । सोही क्रममा बारका पूर्वअध्यक्षसमेत रहनुभएका बरिष्ठ अधिबक्ता थापाले चोलेन्द्रले घुस खाएको पटक पटक देखेको जिकिर गर्नुभयो ।

‘हामीले प्रधानन्यायाधीशले घुस खाको देखेका छौं । त्यसै कारण राजीनामा मागेका छौं, राजीनामा नदिएपछि हटाउने क्षमता हामीसँग छैन । संबिधान तपाईहरुसँग छ, अव तपाईहरुले महाअभियोग लगाएर हटाउनु पर्यो, हामीलाई तपाईहरुमाथि बिश्वास छ,’ थापाले भन्नुभयो । थापाले बिगतमा केही मुद्धामा फरक रहेपनि अध्यक्ष ओलीप्रति यो बिषयमा आफूहरुको बिश्वास रहेको सार्वजनिक घोषणा पनि गर्नुभएको छ ।