जनता टाइम्स

२२ मंसिर २०७८, बुधबार २१:३४

लैंगिक हिंसाविरुद्ध विश्वास नेपालको दुई दिने अभिमुखिकरण


काठमाडौं, मंसिर २१ । लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानको अवसरमा विश्वास नेपालले दुई दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ । मनोरञ्जन तथा सत्कारको क्षेत्रमा रोजगारी गर्दा हिंसामा परेका महिला तथा किशोरीको उद्धार, हिंसा हुनसक्नेतर्फ सचेत गराउने तथा हिंसामा परेकालाई मनोसामाजिक सुरक्षाको अनुभूतिसहित सम्झाउन सक्ने क्षमताका लागि सो संस्थाले अभिमुखीकरण तालिम दिएको संस्थाका अध्यक्ष तारा भण्डारीले जानकारी दिनुभयो ।

प्रशिक्षक ओमराज अभिरामले अभिमुखीकरण तालिममा सहभागीहरूलाई न्याय, स्वास्थ्यसेवामा पहुँच, सुरक्षा, गोपनियता र तथ्याङ्क सङ्कलनका बारेमा जानकारी दिनुभएको थियो । अभिमुखिकरण तालिममा स्थानिय जनप्रतिनिधीसहित विश्वास नेपालका कर्मचारीले हिंसामा परेका महिलालाई आकस्मिक सेवा दिन समुहगत छलफलसहित सिक्नुभएको थियो ।