काठमाडौं, २३ मंसिर । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महिला हिंसा अन्त्यको लागि घर–घरबाटै पहल गर्नुपर्ने बताउनुभएको छ । महिला सुरक्षा दबाब समुहले आयोजना गरेको १६ दिने महिला हिंसाविरुद्धको कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले हिंसा अन्त्यको सुरुवात घरघरबाटै हुनुपर्ने बताउनुभयो ।
समाज र सामाजिक चिन्तनमा भएको परिवर्तनले हिंसाको तरिका फरक भएपनि वास्तवमै लैगिंक विभेद भने हट्न नसकेको उहाँको भनाइ छ । विगतको महिला आन्दोलनलाई पनि जोड्दै आजको उपलब्धी हिजोको आन्दोलन भएको बताउँदै उहाँले अबको आन्दोलन जगाउने जिम्मा भावी पुस्ताको भएको बताउनुभयो ।
साथै मन्त्री झाँक्रीले समाजमा हुने हरेक किसिमका हिंसा अन्त्यका लागि समाज, राज्य र हरेक घर नै सचेत हुनुपर्नेमा पनि जोड दिनुभयो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले महिलामाथि हुने गरेका चरम यातना तथा हिंसाका घटनाहरूलाई निराकरण गर्न सबैलाई आह्वान गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्