जनता टाइम्स

२४ मंसिर २०७८, शुक्रबार १३:३५

बिमलेन्द्र निधिको घोषणा : प्रकाशमान र शेखरले सभापतिको दावी छाडे रामचन्द्रलाई समर्थन गर्छु


काठमाडौं, मंसिर २४ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि सभापतिमा दाबी गर्दै आएका नेता विमलेन्द्र निधिले रामचन्द्र पौडेलालाई सभापति स्वीकार गर्न प्रकाशमान सिहं र शेखर कोइराला तयार भए आफूले पनि सर्मथन गर्ने बताउनु भएको छ ।

सभापतिमा दाबी गदै प्रचारलाई तीव्र बनाएका निधिले अकास्मात गरेको नयाँ प्रस्तावले कांग्रेस राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ । चितवन–काठमाडौं प्रजातान्त्रिक संगमले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै निधिले भन्न्ुभयो, ‘यदि पौडेलजीलाई सर्वसम्मत स्वीकार गर्ने हो भने म दाबी छोड्छु ।’

उहाँले अर्का आकांक्षी देउवाले समेत दाबी छाड्नुपर्ने या कोइराला र सिंहले मात्र छोड्ने हो भन्ने विषयमा भने खुलेर बताउन चाहनु भएन । रामचन्द्रका लागि मैदान खाली गर्ने बताएका निधिले अरु उम्मेदवार कायम रहे आफ्नो पनि उम्मेदवारी कायम रहने बताउनु भयो । निधिले असन्तुष्टि छाडेर बैठक र कार्यक्रमहरूमा उपस्थित हुन पौडेललाई आग्रहसमेत गर्नुभयो ।