काठमाडौं, २४ मंसिर ।
काठमाडौंमा आजदेखि सुरु भएको नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सबैभन्दा बढी क्रेज एमाले अध्यक्ष केपी शर्मा ओलीकै देखिएको छ । कांग्रेसको महाधिवेशनको उदघाटन समारोहमा ओली पुग्दा उपस्थित अधिकांशले एमाले अध्यक्ष ओलीको पक्षमा गरेको हुटिङले उहाँको सवैभन्दा बढी क्रेज रहेको तथ्य उजागर गरेको हो ।
समारोहमा सहभागी अन्य नेताहरुभन्दा केही समय ढिलो कार्यक्रम स्थलमा पुग्नुभएको अध्यक्ष ओलीको उपस्थितिमा सबैभन्दा धेरै हुटिङ भएको हो । उहाँ आउँदा कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले बोलिरहनुभएको थियो ।
ओली प्रवेश गर्नेवित्तिकै हुटिङ भएको थियो भने कार्यक्रम सञ्चालक विश्वप्रकाश शर्माले ‘कमरेड अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्दछु’ भन्दा ठूलो संख्याले तालीले स्वागत गरिएको थियो । अध्यक्ष ओलीलाई जस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पक्षमा पनि हुटिङ भएको थियो । प्रचण्ड र माधव नेपालसहितका अन्य दलका नेताहरुलाई भने कार्यकर्ताहरुले त्यसरी स्वागत गरेनन् ।













प्रतिक्रिया दिनुहोस्