काठमाडौं, मंसिर २४ । नेकपा माओवादी केन्द्रका चर्चित नेता बलराम वल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । एमाले वागमती प्रदेश कमिटीले आज आयोजना गरेको दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई स्वागत तथा बधाई कार्यक्रममा बलसहित मवानपुरका माओवादी नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गर्नुभएको हो ।
उहाँहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वगत गर्नुभएको छ । माओवादी नेता वललाई एमाले अध्यक्षओलीले माला र खादा लगाएर पार्टी प्रवेश गराउनु भयो । नेता बलले एमाले रोजेसँगै मकवानपुरमा माओवादीको किल्ला नै भत्किएको छ । नवप्रवेसी नेता बलले आगामी ६ महिनाभित्र माओवादीमा रहेका सवै इमान्दार र देशभक्त नेता कार्यकर्ता एमालेमा आउने बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्