काठमाडौं, मंसिर २५ । साझा उम्मेदवार तय गर्न शुक्रबार राति अबेरसम्म बसेको नेपाली कांग्रेस संस्थापनइतर समूहको बैठक पनि बिनानिश्कर्ष टुंगिएको छ । मध्यरातीसम्मको बार्तामा पनि आकांक्षी नेताहरुबीच सहमति जुट्न नसकेको हो ।
बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको बैठकले सभापतिका लागि साझा उम्मेदवार तय गर्नेबारे गरेको छलफल सकरात्मक दिशमा अघि बढे पनि सहमति हुन नसकेको नेता शेखर कोइरालाले जानकारी दिनुभयो । खासगरी कोइराला र नेता प्रकाशमानसिंहले अडान नछाडेपछि समहमतिमा सकस परेको बताइएको छ । उक्त समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, सहमहामन्त्री प्रकाशमानसिंह र केन्द्रीय सदस्य शेखर कोइरालाले सभापतिमा आकांक्षा गरेका छन् । शशांकले सहमति हुने अवस्थामा आफू बाधक नबन्ने बताइसक्नु भएको छ ।
त्यस्तै पौडेलले पनि सहमति भएको अवस्थामा आफू बाधक नबन्ने बताउनु भएको छ । यद्यपि, दुई नेताले एकोहोरो दाबी गरिरहँदा आफू साझा उम्मेदवार बन्न पाउने आश पौडेललाई छ । सभापतिसँगै अरु पदाधिकारी र सदस्यहरुमा पनि नेताहरुबीच कुरा मिलेको छैन । नेता कोइरालले आज १० बजे भित्रमा सभापतिसँगै अरु पदाधिकारीका उम्मेदवारको टुंगो लाग्ने बताउनु भएको छ ।
नेपाली कांग्रेसको हिजोदेखि सुरु १४ महाधिवेशन अन्तरगत आज नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु हुँदैछ । निर्वाचन तालिकाअनुसार आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनय दर्ता हुनेछ ।












प्रतिक्रिया दिनुहोस्