काठमाडौँ – नेपाली काँग्रेसको १४ र्औ महाधिवेशन हिजो उद्घाटन भयो । उद्घाटन समारोहमा पुगेर विभिन्न दलका नेता सहित देशी तथा विदेशी पाहुनाहरुले शुभकामना मन्तव्य दिए ।मन्तव्यको क्रममा नेताहरुको निशानामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पर्नुभयो प्रचण्ड, माधव र केपी वीच केही घोचपेच समेत भए ।माधव नेपालले आफुले सम्मान नपाएरै विद्रोह गर्नुपरेको घुमाउरो भाषामा ब्यक्त गर्नुभयो । यसो भनिरहँदा देउवाको वायाँपट्टी बसेका ओली मुसुमुसु हाँसी हास्नुभएको थियो ।नेपालको मन्तव्य सकिने वितिक्कै उद्घोषक विश्वप्रकाश शर्माले माओवादी अध्यक्ष प्रचण्डलाई मन्तव्यको लागि बोलाउनुभयो । संगै रहेका कसैलाई पनि नहेरी प्रचण्ड मंचमा पुगेर भाषण गर्न थाल्नुभयो प्रचण्डले भाषणको क्रममा सम्बोधन सकाईसकेको केही पछी, भन्छन् ‘भर्खरै एकजनाले भनेर जानू भयो, नेताहरु गाउँ गए भने जनताले चोर भन्न थालेका छन्,’ त्यसपछि उद्घाटन समारोहमा सहभागी भएकाहरुलाई सोध्छन् ‘के साँच्चै हामी चोर हौँ त ?’
सहभागी आम जनताले एकै स्वरमा भन्छन् “हो‘…..”
प्रचण्ड फेरि सोध्नुहुन्छ “साँच्चै हो त ?”
भिडमा फेरी एकै स्वरमा आवाज आउँछ “हो,,हो‘।”
प्रचण्ड भिडको प्रतिकृया प्रति चित्त बुझ्दैन र आँफै हात हल्लाउँदै भन्नुहुन्छ “होईन‘।होईन‘”
भिडबाट फेरि एकै स्वरमा आवाज आउँछ “हो‘हो‘”
आम जनताले उनको कुरामा सहमत नजाएपछि उहाँले विषयान्तर गर्नुहुन्छ।













प्रतिक्रिया दिनुहोस्