काठमाडौं, मंसिर २५ । नेपाली कांग्रेसको सभापतिमा कल्याण गुरुङले उम्मेदवारी दर्ता गराउनुभएको छ ।भृकुटिमण्डपमा बिहान १० बजेदेखि नै उम्मेदवारको मनोनय दर्ता सुरु भएपछि गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको हो । सभापतिमा उम्मेदवारी दर्ता गराउने गुरुङ पहिलो हुनुहुन्छ ।
गुरुङले यसअघि नै पत्रकार सम्मेलन गरी सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो । गुरुङ केन्द्रीय सदस्य समेत हुनुहुन्छ । एउटा व्यक्ति समानुपातिकतर्फ एक पटक मात्र सांसद हुन पाउने, मन्त्री र प्रधानमन्त्री पनि दुई पटक मात्र हुन पाउने व्यवस्था संविधानमा नै गर्न पहल गर्ने उहाँको एजेण्डा छ ।यस्तै सहमहामन्त्रीमा मानबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराएको निर्वाचन समिति सदस्य तेज रावलले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्