काठमाडौं, मंसिर २६ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफू चुनाव हारे केपी शर्मा ओली पुनः सत्तामा फर्कने बताउनु भएको छ । ओलीलाई सत्तामा जानबाट रोक्न आफूले जसरी पनि सभापतिमा जित्न आवश्यक रहेको देउवाले बताउनु भएको हो ।
आइतबार लैनचौरको एक बैंक्वेटमा आदिवासी जनजाति विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आफूले फेरि सभापतिमा जित्न आवश्यक भएको भन्दै सहयोगका लागि प्रतिनिधिसँग भोट माग्नुभयो । ‘मैले हारेँ भने मलाई प्रधानमन्त्रीबाट हटाउँछन् । त्यसैले मैले जित्नै पर्छ, जित्न आवश्यक छ । पार्टीको चुनाव पनि नजित्नेले देश कसरी चलाउँछन भनेर मलाई प्रश्न गर्छन्’, देउवाले भन्नुभयो ।
‘म पार्टी सभापति भएको खण्डमा यो सरकार टिकिरहने छ, हारेको खण्डमा नैतिकताले सरकारमा बस्नै मिल्दैन भनेर होहल्ला गर्नेछन, कांग्रेस महाधिवेशनमा म हारेको खण्डमा मुलुकमा फेरि केपी ओली सत्तामा फर्किने खतरा छ, साथीहरुले त्यो कुरा ख्याल गर्नुहोला,’ देउवाले भन्नुभयो, ‘म जितेको खण्डमा मात्रै यो पार्टीलाई तलदेखि माथिसम्मको सरकार बनाउन सक्ने छ ।’













प्रतिक्रिया दिनुहोस्