काठमाडौं, मंसिर २७ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका लागि पाँच जना प्रतिस्पर्धामा छन् । १३४ पदका लागि आज चुनाव हुँदैछ । तर, लामो समय संस्थापन इतर खेमाको नेतृत्व सम्हाल्दै आएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भने मतदान नगर्ने हुनुभएको छ ।
पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले पनि यसको पुष्टि गर्नुभयो । पौडेल संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार हुनुपर्ने अडानमा हुनुहुन्थ्यो । उहाँ पनि सभापतिका आकांक्षी हुनुहुन्थ्यो । तर सहमति जुटन् नसकेपछि पौडेल सबै तहका प्रतिस्पर्धाबाट बाहिरिए नै मतदानमा पनि सहभागी नहुने घोषणा गर्नुभयो ।
सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा हुनुहुन्छ । पौडेल रुष्ट भएपछि देउवा उहाँको निवास पुग्नुभएको थियो । देउवालाई आफूलाई सहयोग गर्न वा अरुहरुको पक्षमा नखुल्न आग्रह गर्नुभएको थियो । देउवासँगको भेटमा पौडेलले तटस्थ बस्ने बताउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्