जनता टाइम्स

२७ मंसिर २०७८, सोमबार १७:५९

एमसीसीविरुद्ध नाराबाजी, एमसीएको कार्यालय घेराउ


काठमाडौं, २७ मंसिर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित २६ दलीय मोर्चाले एमसीसीविरुद्ध नाराबाजी गर्दै एमसीए नेपालको कार्यालय घेराउ गरेको छ ।

मोर्चाले आज दिउँसो दरवारमार्गस्थित होटल याक एण्ड यतिमा रहेको एमसीए नेपालको कार्यालय घेराउ गरेको हो । नेपालको अहितमा रहेको भन्दै उनीहरूले एमसीसी अस्वीकार गर्नुपर्ने बताउँदै आएका छन् ।