जनता टाइम्स

२८ मंसिर २०७८, मंगलवार ०९:११

देउवाको पुगेन बहुमत, शेखरसँग दोस्रो चरणको निर्वाचन निश्चित, (अन्तिम परिणामसहित)


काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेसको सभापतिमा शेरबहादर देउवाले बहुमत जुटाउन असफल हुनुभएको छ । भर्खरै सम्पन्न मतगणनामा देउवाले २२५८ मत पाउनु भएको छ । कुल खसेको मतको बहुमत नपुगेपछि अव पुनः देउवा र डा. शेखर कोइरालाबीच दोस्रो चरणको मतदान हुने भएको हो ।

अन्तिम मत परिणाम आउँदा ४६८१ मत सदर भएको छ । जसमध्ये देउवाले २२५८ मत पाउनु भएको छ भने कोइरालाले १७२९, प्रकाशमानसिंहले ३७१, विमलेन्द्र निधि– २४९ र कल्याण गुरुङले २० मत पाउनु भएको छ । निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेको थियो । पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्नेमा देउवाले २२ सय ५८ मत पाउनु भयो । उहाँलाई ८२ मत नपगेपछि निर्वाचन हुने भएको हो ।

मंगलबार बिहान ४ बजेदेखि सभापतिको मतगणना सुरू गरिएको थियो। मतगणनामा सुरुवातीदेखि अग्रता देउवाकै छ। महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदातामध्ये ४ हजार ६ सय ७९ ले मत खसालेका छन्। सभापतिमा विजयी हुन कम्तिमा २३४० मत आवश्यक पर्छ।