काठमाडौं, २८ मंसिर । संघीय संसद सचिवालयका उपसचिव रामकुमार पौडेलले यसवर्षको सर्वोत्कृष्ट संसद सेवा पुरस्कार पाउनुभएको छ । हरेक वर्ष २८ मंसिरमा मनाइने संघीय संसद सेवा दिवसका अवसरमा उपसचिव पौडेललाई सो पुरस्कारबाट पुरस्कृत हुनुभएको हो ।
उहाँले नगद एक लाख रुपैयाँ पनि प्राप्त गर्नुभएको छ ।
यस्तै ७५ हजार नगदसहित उत्कृष्ट संसद सेवा पुरस्कारबाट शाखा अधिकृत दिपाकुमारी दुलाल र ५० हजार नगदसहित संसद सेवा पुरस्कारबाट सिनियर प्रेस टेक्निसियन राजेन्द्रप्रसाद लामिछाने र बैठके श्रीजन खनाल पुरस्कृत हुनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्