जनता टाइम्स

२८ मंसिर २०७८, मंगलवार १६:१९

दोस्रो चरणको निर्वाचन जारी, देउवा र कोइराला मतदानस्थलमा (फोटोफिचर)


काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको जारी महाधिवेशनमा नेतृत्व चयनका लागि दोस्रो चरणको निर्वाचन भइरहेको छ । सभापति पदका उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि आज अपरान्ह सवा ३ बजेबाट मतदान भइरहेको छ ।

मतदानस्थलमा सभापतिका प्रतिस्पर्धीद्वय शेरबहादुर देउवा र शेखर कोइराला रहनुभएको छ । यसअघि मतदानस्थलमा कोइराला जाने क्रममा कोइरालाका सहयोगी र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको थियो ।