जनता टाइम्स

२९ मंसिर २०७८, बुधबार ०४:५७

कांग्रेस सभापतिमा देउवा पुनः निर्वाचित, ८७८ मतले पछि परे शेखर कोइराला



काठमाडौं, मसिर २९ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । मंसिर २४ गतेबाट राजधानीमा जारी महाधिवेशन अन्तरगत सभापतिको अन्तिम मतपरिणाम अनुसार देउवाले विजयी हासिल गर्नुभएको हो ।

मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा कुल खसेको ४६२३ मतमध्ये देउवाले २७३३ मत प्राप्त गरी बिजयी बन्नुभयो । देउवासँग प्रतिस्पर्धा गर्नुभएका डा.. शेखर कोइरालाले १८५५ मत ल्याउनु भएको छ । ३५ मत बदर भएको छ । सोमबार भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि सभापतिका उम्मेदवारहरुले ५० प्रतिशत कटाउन नसक्दा दोस्रो चरणमा निर्वाचन भएको थियो ।

दोस्रो चरणमा सबैभन्दा बढी मत ल्याउने देउवा र कोइरालाको प्रतिस्पर्धा थियो । दोस्रो चरणको मतदानमा देउवालाई प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले समर्थन गरेका थिए ।