जनता टाइम्स

१५ असार २०७६, आईतवार ०९:४०

नेपाल – अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरु


काठमाडौं, १५ असार

नेपाल – अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव –२०१९ शनिबार देखि अमेरिकाको राजधानी वासिङ्टन डिसीमा सुरु भएको छ । शनिबार साँझाबाट सुरु भएको फेस्टिभलमा ३४ फिल्म प्रदर्शन हुनेछन् ।

महोत्सवमा नेपाली पानोरामा अन्तर्गत नेपाल र नेपाली परिवेशमा बनेका नेपाली तथा विदेशी निर्देशकका चलचित्र देखाइने छ भने अन्तराष्ट्रिय पानोरामाअन्तर्गत उत्कृष्ट अन्तर्राष्ट्रिय कथानक चलचित्र, वृत्तचित्र, लघुचलचित्र, एनिमेसनका सबै विधका चलचित्र देखाइने महोत्सवका निर्देशक पूर्णसिंह बराइलीले जानकारी दिनुभयो ।

विनोद पौडेलद्धारा निर्देशित चलचचित्र ‘बुलबुल’ प्रिमियर गरियो । तीन दिन सम्म चल्ने फेस्टिभल प्रविन सेङ्बोद्धारा निर्देशित ‘कथा ७२’ को विषेश प्रदर्शनसँगै समापन गरिनेछ ।

महोत्सवमा उत्कृष्ट चलचित्रहरुलाई अवार्ड तथा सम्मान प्रदान गरिनेछ ।