जनता टाइम्स

२९ मंसिर २०७८, बुधबार १२:५७

धर्तीलाई मानवोचित बनाउनु छ, सुरुवात आफ्नै देशबाट गर्नु छ : ओली


काठमाडौं, २९ मंसिर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले धर्तीलाई मनवोचित बनाउनु पर्ने बताउनुभएको छ । केन्द्रीय कमिटीमा मनोनीत सदस्यको पद तथा गोपनीयता कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले धर्तीलाई मनवोचित बनाउन आफ्नै देशबाट सुरुवात गर्नुपर्ने बताउनुभएको हो ।

यसका लागि सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा परिवर्तन गर्नुपर्ने उहाँको भनाइ छ । तर, देशमा नियन्त्रित अस्थिरता निम्त्याउने समूह सक्रिय भइरहेको भन्दै उहाँले यसलाई रोक्नुपर्ने बताउनुभयो ।