जनता टाइम्स

२९ मंसिर २०७८, बुधबार १३:५६

भ्यान दुर्घटनामा दुई जनाको मृत्यु, आठ घाइते


काठमाडौ, २९ मंसिर । सूर्योदय नगरपालिका–७ सुखेपोखरीस्थित मेची राजमार्गमा मंगलबार दिउँसो भएको मारुती भ्यान दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । दिउँसो साढे ३ बजे मे१ज ३३०७ नम्बरको मारुती भ्यान अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खसेको थियो ।

घाइतेहरूलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लागिएको थियो ।

सो क्रममा माईजोमाई गाँउपालिका–४ का ७६ बर्षीय रामप्रसाद तिमसिना र माईजोमाई(३ का ४० बर्षीय भरत घिमिरेको उपचारको क्रममा मृत्यु भएको हो । चालकसहित आठ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जानकारी दिएको छ ।