काठमाडौं, १ पुस । एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोपको ७ लाख १९ हजार ६५० डोज खोप आज नेपाल आइपुगेको छ । २१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन खोपमध्ये पहिलो खेप आज आएको हो । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले आज बिहान ७ः४५ बजे पहिलो खेप खोप आएको जानकारी दिनुभयो ।
त्यसैगरी बाँकी भोलि १४ लाख ५७ हजार डोज खोप पर्सी आउने जानकारी दिनुभयो । खोप युनिसेफ मार्फत आउन लागेको हो । यसअघि अमेरिकाले कोभ्याक्स मार्फत करिब १६ लाख डोज जोन्सन खोप नेपाललाई उपलब्ध गराएको थियो । जोन्सन एन्ड जोन्सनको खोप एक डोज मात्र लगाए पुग्छ । अन्य खोप भने दुई डोज लगाउनुपर्दछ ।













प्रतिक्रिया दिनुहोस्