काठमाडौं, १ पुस । रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा गरेका मीनेन्द्र रिजालले आज चार बजे पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । पत्रकार सम्मेलन रक्षा मन्त्रालयमै आयोजना गरिएको रिजालको सचिवालयले जानकारी दिएको छ । नेपाली कांग्रेसका महामन्त्री पदमा उठेका रिजालले मतगणनामा पछि परेपछि राजीनामा दिने घोषणा गर्नुभएको हो ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उहाँले मतगणनाको अन्तिम परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्रीसमक्ष राजीनामा पेस गर्ने बताउनुभएको छ ।
उहाँले लेख्नुभएको छ,‘नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु । ‘शेखर कोइरालाको प्यानलबाट उठ्नुभएको मिनेन्द्रले पाँचौ स्थानमा हासिल गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्