काठमाडौं, पुस १ । रक्षामन्त्री डा. मीनेन्द्र रिजालले पदबाट राजीनामा दिनुभएको छ । नेपाली कांग्रेसका महामन्त्री पदमा पराजीत भएपछि मन्त्री रिजालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा दिनुभएको हो । उहाँल्े मतगणनामा पछि परेपछि राजीनामा दिने घोषणा गर्नुभएको थियो ।
महामन्त्रीको परिणाम सार्वजनिक भएलगत्तै सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर रिजालले राजीनामा पत्र बुझाउनु भएको हो । फेसबुकमा स्टाटस लेख्दै उहाँले मतगणनाको अन्तिम परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने बताउनु भएको थियो । सोही अनुसार उहाँले केहीबेर अघि राजीनामा बुझाउनु भएको हो ।
शेखर कोइराला प्यानलबाट महामन्त्री लडेका मीनेन्द्रले चौथो स्थानको मत प्राप्त गरी पराजीत हुनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्