जनता टाइम्स

२ पुष २०७८, शुक्रबार १७:०१

नेपाल आइडल बुद्ध लामाको ‘के छ खबर’ मा सागर र उषा


काठमाडौं, २ पुस । गीतकार हिराकाजी थापा र संगीतकार नागेन्द्र श्रेष्ठको सहकार्यमा तयार भएको ‘के छ खबर’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । पहिलो नेपाल आइडल बुद्ध लामा र गायिका सुनिता कार्कीको स्वर रहेको सो म्युजिक भिडियोलाई गीतकार थापाले निर्देशन गरेका हुन् । भिडियोमा मोडल उषा उप्रेती र अभिनेता सागर खनालको अभिनय छ ।

लामो समयदेखि एकअर्काको प्रेममा रहेका एक जोडीको रोमाञ्चक प्रेम कहानीलाई उषा र सागरका माध्यमबाट निर्देशक हिराकाजी थापाले कलात्मक शैलीमा देखाएका छन् ।

उक्त गीतमा थापाकै शब्द सृजना रहेको छ । राहुल प्रधानको संगीत संयोजन रहेको गीतमा वरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको संगीत छ । प्रमोद भण्डारीको कोरियोग्राफी रहेको गीतको भिडियोको छायांकन सागर प्रधानले गरेका हुन् भने सम्पादन अनिल राना मगरले गरेका हुन् ।