काठमाडौं, पुस २ । नेकपा एमालेको जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण गरिएको छ । मंसिर २५ र २६ गते भक्तपुरमा बसेको केन्द्रीय समितिको दोस्रो बैठकले २३ पुसमा जिल्ला र ८ माघमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो ।
वडा र पालिकाजस्तै जिल्ला र प्रदेशको अधिवेशन देशभर एकैदिन आयोजना गर्ने प्रस्ताव बैठकले पारित गरेको हो । अधिवेशनका लागि बैठकले केही मापदण्डसमेत निर्धारण गरेको छ । जसमा जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौं राष्ट्रिय महाधिवेशनको लागि निर्धारण गरिएको पार्टी सदस्यतालाई नै आधार बनाउने, प्रतिनिधि चयनको अनुपात र मापदण्ड पार्टी विधानको व्यवस्थाअनुसार सम्बन्धित कमिटीले तय गर्ने उल्लेख छ ।
त्यसैगरी जिल्ला अध्यक्षहरू माथिल्लो कमिटीमा निर्वाचित भएको हालको अवस्थामा निजकै अध्यक्षतामा जिल्ला अधिवेशन आयोजना गर्न सकिने अधिकार दिइएको छ । मौसमी प्रतिकूलताका कारणले २३ पुसमा जिल्ला अधिवेशन आयोजना गर्न नसकिने हिमाली जिल्लाका हकमा केन्द्रीय कार्यालयसँगको परामर्शमा अर्को मिति तोक्न सकिने व्यवस्था गरिएको छ ।
जिल्ला अधिवेशनका लागि अतिथि व्यवस्थापनको सहजीकरण प्रदेश संगठन कमिटीले र प्रदेश अधिवेशनका लागि अतिथि व्यवस्थापनको सहजीकरण केन्द्रीय कार्यालयले गर्ने तय गरिएको छ । अधिवेशनमा प्रतिनिधिहरूलाई सर्वसम्मत नेतृत्व चयनका लागि प्रेरित गर्ने र सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गर्ने केन्द्रीय समितिको निर्णय छ ।
निर्वाचनको विधि र प्रक्रियाका हकमा पार्टीको केन्द्रीय निर्वाचन आयोगको निर्देशनअनुसार गर्न भनिएको छ । अधिवेशन सम्पन्न भएको एक हप्ताभित्र निर्वाचित पदाधिकारीको नामावली सहितको प्रतिवेदन केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिइएको छ ।
अभियानबारे यस्तो छ अपानिमा निर्देशन
नयाँ जिम्मेवारी प्राप्त गर्नुहुने इञ्चार्ज र सहइञ्चार्जहरूको उपस्थितिमा पुसको पहिलो हप्ता प्रदेश तथा जिल्ला कमिटीको बैठक आयोजना गरी महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियानको कार्ययोजना तयार गर्ने । दशौं राष्ट्रिय महाधिवेशनको सामान्य समीक्षा प्रतिवेदन र महाधिवेशनका दस्तावेजहरूका आधारमा महाधिवेशनको सन्देश मातहत कमिटी र आम जनसमुदायबीच सम्प्रेषण गर्ने ।
-महाधिवेशनको सन्देश पार्टी कार्यकर्तार आमजनसमुदायका बीचमा सम्प्रेषण हुनेगरी पालिका÷इलाकास्तरको कार्ययोजना तयार गरी कार्यान्वयनमा लैजाने ।
-पुस मसान्तसम्म सबैतहका पार्टी कमिटीहरूलेआ–आफ्नोकार्यक्षेत्र भित्रको पार्टी प्रवेश सम्भावनाको आंकलन गर्ने, प्रवेश गर्ने सम्भावित व्यक्तिहरूकोसूचि तयार गर्ने र प्रवेशको तयारीका लागि निश्चित व्यक्तिलाई जिम्मेवारी प्रदान गर्ने ।
-माघ र फागुन महिनामा विशेष कार्यक्रम आयोजना गरी पार्टी प्रवेश अभियान सञ्चालन गर्ने । पार्टी प्रवेश कार्यक्रमको व्यापक प्रचार–प्रसार गर्ने ।
-पार्टी प्रवेश गरेका व्यक्तिहरूको विवरण तयार गरी उनीहरूको योग्यता र कार्यक्षमताका आधारमा सम्बन्धित कमिटीलाई जिम्मेवारीका लाागि सिफारिस गर्ने । सम्बन्धित तहको कमिटीले जिम्मेवारी दिने अवस्था भए आवश्यक निर्णय तत्काल गर्ने ।
-पार्टी प्रवेशकोपूर्ण विवरण सहितको प्रतिवेदन चैत महिनाको पहिला ेहप्ताभित्र केन्द्रीय कार्यालयमा पठाउने।













प्रतिक्रिया दिनुहोस्