जनता टाइम्स

३ पुष २०७८, शनिबार ११:५५

३५ खुल्ला केन्द्रीय सदस्यको मतगणना सुरु, भोलि बिहानसम्म नतिजा आउने


काठमाडौं, ३ पुस । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि भएको मतदानको ३५ खुल्ला केन्द्रीय सदस्यको मतगणना सुरु भएको छ । कांग्रेस पार्टी कार्यालयमा मतगणना सुरु भएको हो ।

खुल्लातर्फ ३५ जनाको मतगणना आज बिहान साढे १० बजेदेखि सुरु भएको पार्टीको निर्वाचन समितिले जनाएको छ । सभापतिदेखि केन्द्रीय सदस्यसम्म एक सय ३४ केन्द्रीय कार्यसमितिका लागि सोमवार मतदान भएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने विधानको व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, हरेक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी रजनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गता भएकाबाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्य चयन हुने व्यवस्था छ ।यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ ।