काठमाडौं, ४ मंसिर । कैलाली टिकापुरका २३ वर्षीय भुपेन्द्र बडुवालको हत्या प्रकरण सेलाउन नपाउँदै अर्को विभित्स हत्या भएको छ । कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दासको घाँटी रेटेर टाउको छिनालेर विभत्स हत्या भएको हो ।प्रहरीका अनुसार सोही वडाको अमरावती सामुदायिक वनमा नग्न बनाई टाउको अलग पारिएको अवस्थामा दासको शव हिजो फेला परेको थियो ।प्रहरीका अनुसार दास साथीसँग जाने भन्दै घरबाट निस्किएका थिए । दास भारत आउजाउ गर्ने गरेको खुलेको छ । घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरीको टोली सक्रिय छ ।
रुखमा बाँधेर नग्न बनाई २५ वर्षीय युवकको टाउको छिनालेर हत्या













प्रतिक्रिया दिनुहोस्