धनगढी, ४ पुस । दाङबाट सिमेन्ट बोकेर कैलाली पुगेको ट्रकमा चल्लाचल्दै आगलागि भएको छ । कैलालीको अत्तरिया पुगेको सुदूरपश्चिम प्रदेश ०२–००१–ख नम्बरको ट्रकको टायरमा आगो लागेको प्रहरीले जनाएको छ ।
आगो गोदावरी नगरपालिकाको दम्कलको सहायताले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
‘आगलागिका कारण टायरमा क्षेति पुगेको छ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार ट्रकमा कुनै क्षेति भएको छैन । ट्रकको पछाडिको टाएरमा आगलागि भएको उहाँले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्