काठमाडौं, ५ पुस । नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत महिला खुला केन्द्रीय सदस्यको निर्वाचन परिणाम सार्वजनिक भएको छ । अन्तिम मतपरिणामअनुसार डीला संग्रौला २८८५ मत ल्याएर पहिलो नम्बरमा केन्द्रीय सदस्य निर्वाचित हुनुभएको छ । त्यस्तै दोस्रोमा पुष्पा भुसाल २७१८ मत, तेस्रोमा आरजु राणा २५३६ मत, चौथोमा अम्बिका बस्नेत २३३९ मत र पाँचौंमा ईश्वरी न्यौपानेले २२५९ मत ल्याउनुभएको छ ।
त्यस्तै छैटौंमा सरिता प्रसाईँ २०९६ मत, सातौंमा रमा कोइराला १८५८ मत, आठौंमा सुशीला ढकाल १८०४ मत र नवौंमा रंगमति शाहीले १७८९ मत ल्याएर विजयी हुनुभएको हो । त्यस्तै अल्पसंख्यक खुला तर्फको केन्द्रीय सदस्यमा प्रदीप कुमार सुनुवार विजयी हुनुभएको छ । उहाँले २१७१ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । महिलातर्फको केन्द्रीय सदस्य ९ पदका लागि ३० जनाले उम्मेदवारी दिनुभएको थियो ।
कसले कति पाए मत ?














प्रतिक्रिया दिनुहोस्