जनता टाइम्स

६ पुष २०७८, मंगलवार १३:०५

कांग्रेसको मधेसी कोटामा उम्मेदवारी दिएका विनोद चौधरी जित नजिक


काठमाडौं, ६ पुस । नेपाली कांग्रेसको खुला मधेसी केन्द्रीय सदस्य पदमा उम्मेदवार दिएका अर्बपति उद्योगपति विनोद चौधरी जित नजिक पुग्नुभएको छ । केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा चौधरीले ४३०४ मत गन्दा २०२३ मत पाउँदै दोस्रो स्थानमा हुनुहुन्छ । खुला मधेसीतर्फ पाँच पदका लागि २३ जना प्रतिस्पर्धामा छन् ।

निर्वाचन समितिकाअनुसार ४६६५ मत खसेकोमा अब बाँकी ३६१ मतको गणना भइरहेको छ । ४३०४ को परिणाममा विनोद चौधरीले दोस्रो स्थानमा रहँदै जित सुनिश्चित गर्नुभएको हो ।

पहिलो स्थानमा २३३० मतसहित अजय चौरसियाले अग्रता लिनुभएको छ । तेस्रो स्थानमा चन्द्रमोहन यादवले १९६९ मत पाउनुभएको छ । चौथो स्थानमा रहेका महेन्द्र कुमार रायले १८३२ र पाँचौं स्थानमा दिनेश कुमार यादवले १८०९ मत पाउनुभएको छ । छैठौं स्थानमा रहेका सुभाषचन्द्र यादवले १७४६ मतसहित अन्तिम पाँचलाई पछ्याइरहनुभएको छ ।