जनता टाइम्स

६ पुष २०७८, मंगलवार १३:२५

कलेजको होस्टल बस्ने कक्षा ११ मा अध्ययरत विद्यार्थी मृत अवस्थामा


काठमाडौं, ६ पुस । बागबजारको काठमाडौं मोडल कलेजको होस्टलमा बस्ने एक विद्यार्थी मृत अवस्थामा भेटिएका छन् । बाथरुममा १८ वर्षीय शुशील शहनी मृत अवस्थामा भेटिएपछि अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले बताउनुभयो ।

उहाँका अनुसार, मृतकको परिवारलाई काठमाडौं बोलाइएको छ । परिवारले जाहेरी दिएपछि मात्रै पोष्टमार्टमका लागि शव पठाउँने उहाँले सुनानुभयो । शहनी धेरै बेरसम्म ननिस्किएपछि ढोका फुटाएर हेर्दा मृत भेटिएको भनिएको छ । शुशील कक्षा ११ मा अध्ययरत थिए ।