काठमाडौं, पुस ६ । प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष रिपोर्टिङमा पत्रकारलाई रोक लगाइएको छ । यसअघि संसद बैठक चलिरहेका बेला पत्रकारलाई संसद बैठक हलको बाल्कोनीमा बसेर रिपोर्टिङ गर्न दिने गरिएको थियो । तर मंगलबार भने पत्रकारलाई बाल्कोनी जान दिइएको थिएन । पत्रकार प्रवेश गर्ने ढोका बन्द गरिएको थियो । पत्रकारलाई सुरक्षाकर्मीले भित्र जान रोकेका थिए । आफुलाई लोकतन्त्रको दुवाई दिएर नथाक्ने काँग्रेश नेतृत्वको सरकारले पहिलो पटक पत्रकारहरुलाई संसदको रिपोटिगंगर्न बन्देज लगाएको हो । पत्रकारलाई संसद भवनको दृश्य टेलिभिजनमा हेरेर रिपोर्टिङ गर्न भनिएको थियो ।
पहिलो पटक संसद बैठकको प्रत्यक्ष रिपोर्टिङमा पत्रकारलाई रोक













प्रतिक्रिया दिनुहोस्