चितवन, पुस ७ । देशभर विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नेहरुको दिनहु भिड लाग्ने गरेको छ । एमालेले पार्टी प्रवेशलाई तिव्रता दिएपछि एमालेमा प्रवेश गर्नेहरुको भिड् लाग्ने गरेको हो ।
यस्तै नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ खैरहनी नगर कमिटिले वडा भेला तथा अधिवेशनलाई तिव्रता दिएको छ । नेकपा एमाले निकटको भातृ संगठनको रुपमा रहेको कमिटिले नगर भित्रका प्रत्येक वडाहरुमा अधिवेशन गरिरहेको छ ।यस्तै, वडा भेला तथा अधिवेशनलाई निरन्तरता दिईरहँदा नेकपा माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गर्ने लहर नै लागेको छ । महासंघको खैरहनी वडा नं. १ को सोमबार सम्पन्न भएको वडा भेलामा माओवादी केन्द्रका एक दर्जन युवाहरु एमालेमा प्रवेश गरेका छन् । कार्यक्रममा युवा नेता सुरेन्द्र चौधरीको नेतृत्वमा युवाहरु माओवादी केन्द्र परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।
आफु माओवादी केन्द्रमा रहँदा पार्टिको अधिकार स्थापित गराउन निरन्तर लागेपनी पार्टिले कहिले पनि आफ्नो पक्षमा र जनताको पक्षमा काम नगरेको हुनाले एमालेमा प्रवेश गर्नु बाहेक विकल्प नरहेको चौधरीले बताउनुभयो । नेकपा एमाले खैरहनी नगर कमिटीका अध्यक्ष पुर्ण बहादुर डल्लाकोटिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघका केन्द्रिय सदस्य अर्जुन लम्साल र दिपक शिवाकाटी विशिष्ट अतिथी रहनुभएको थियो ।
कार्यक्रममा अनेरास्ववियु स्थायी कमिटी सदस्य स्वरुप सुयाल, नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ खैरहनीका कोषाध्यक्ष मनोज खड्की लगायतको सहभागिता रहेको थियो । कार्यक्रम वडा नं. १ का वडा अध्यक्ष गोबिन्द प्रसाद डल्लाकोटिको अध्यक्षतामा सम्पन्न भएको थियो ।














प्रतिक्रिया दिनुहोस्