जनता टाइम्स

१५ असार २०७६, आईतवार १७:०३

विकासका लागि सहकार्य गर्न प्रतिपक्षी दललाई प्रधानमन्त्री ओलीको प्रस्ताव


काठमाडौं, असार १५

प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि प्रतिपक्षसँग सहकार्य गर्न सरकार तयार रहेको घोषणा गर्नुभएको छ । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको उदघाटन गर्दै प्रधानमन्त्री ओलीले बिकाशका लागि प्रतिपक्षी दललाई सहकार्यको प्रस्ताव गर्नुभएको हो ।

‘सत्ता र प्रतिपक्ष भनेको आवधिक कुरा हुन् । विकास र समृद्धि सबैको आवश्यकता हो, देश विकासका लागि सरकार प्रतिपक्षसँग मिलेर काम गर्ने उत्कट अभिलाशामा छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले भावी सन्ततीले अहिले जस्तो गरिबीको सामना गर्नुपर्ने स्थितीको अन्त्य गर्नुपर्ने भन्दै सोही काममा सरकार लागिपरेको प्रष्ट पार्नुभयो । ‘भावी सन्ततीलाई पनि यही गरिबीको स्थिती कायम राख्ने होइन । बेरोजगारीकै अवस्थामा राख्ने होइन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मेरो कार्यकाल टुंगिदा बेरोजगारीको अवस्थामा परिवर्तन ल्याउछु ।’

प्रधानमन्त्री ओलीले देशमा काम गर्ने सक्ने जनसंख्याको बाहुल्यनता भएकोले यो अवसरको सदुपयोग गर्नुपर्ने बताउनुभएको छ । नेपाल काम गर्न चाहने कर्मबवीरहरुको देश भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो ‘नेपाल श्रम गर्न नहिचकिचाउनेहरुको देश हो । नेपालीहरु श्रम गर्नमा रुची राख्छन, तर यहाँ काम नपाएर ठुलो संख्यामा नेपालीहरु विदेशमा श्रम गर्न गइरहेका छन,‘ ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

कामका लागि विदेश जानु पर्ने अवस्थाको चाँडै अन्त्य हुने प्रधानमन्त्री ओलीले बताउनुभएको छ । ‘हामी स्वदेश मै आकर्षक रोजगारीको सृजना गर्छौं । आधुनिकीकरण र औद्योगीकिकरण जती बढाउदछौं त्यती नै रोजगारीको सृजना हुन्छ । यो अवस्था सृजना गर्न सरकार लागि परेको छ ।